Breaking

कांग्रेस उम्मेदवार जीतनारायणले रविलाई दिए बधाई


काठमाडौँ — चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई बधाई दिएका छन् ।

३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ । मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।

जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए । रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् ।