Breaking

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते


काठमाडौँ – मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गएराति मधेश प्रदेश ०३-००१त ७१८८ नंको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा दुईजना घाइते भएको जनाएको छ ।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।