Breaking

सगरमाथा आरोहणका लागि पाए ४५४ जनाले अनुमति


काठमाडौँ – सगरमाथा आरोहणका लागि ४५४ जनाले अनुमति पाएका छन् ।

पर्यटन विभागले ४१ टिमका ३६१ पुरुष र ९३ महिलाले अनुमति पाएको जनाएको हो ।

वसन्त ऋतुमा एक हजार ९ जनाले आरोहणका लागि अनुमति पाएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोस्रोमा अमादब्लाम हिमाल आरोहीको रोजाइमा परेको छ ।

उनीहरुले २३ वटा हिमाल आरोहणका लागि अनुमति पाएका छन् । विभागले ७१ करोड ८१ लाख रुपैयाँ आरोहीबाट राजस्व उठाएको छ ।