Breaking

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै


काठमाडौँ – बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।

यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।