Breaking

खतरामा लोकतन्त्रः नेतालाई मोज, जनतालाई शोकैशोक, कहिले होला असली अभ्यास ?


काठमाडौँ — तत्कालीन राजाज्ञानेन्द्र साहले जनतासामू घुँडा टेकेको दिनको सम्झनामाआज १७औं लोकतन्त्रदिवस मनाइएको छ । लोकतन्त्रआएको डेढ दशकभन्दाबढी समय बितिसके पनिआमजनताले भने अझै त्यसको महसुस गर्न सकेका छैनन् । २०६२/६३ सालको दोस्रो जनआन्दोलन सफलभई नेपालमा १७वर्ष अघिआजकै दिन वैशाख ११ गते लोकतन्त्रस्थापनाभएको थियो । २४० वर्ष सत्ता सम्हाल्दै आएको राजसंस्थालाई जनताको तागतबाटघुडा टेकाएको ऐतिहासिकक्षणको रुपमा नेपालीले यस दिनलाई सम्झन्छन् । तत्कालीन राजाज्ञानेन्द्र शाहले २०५९ माविघटन गरेको संसद् आन्दोलनरत दलको मागबमोजिम२०६३ वैशाख ११ गते उनैले पुनःस्थापनागर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए ।

शासन सत्ताएकलौटीबनाएको ज्ञानेन्द्रविरुद्धआन्दोलनरत सातदल र युद्धरत माओवादीको नेतृत्वमा राजधानीमाउर्लिएको मानवसागरले नै सुन्दर शासनव्यवस्थाको निर्माणगर्न सफलभएको हो । लाखौं नेपालीको संघर्ष र दर्जनौले ज्यानगुमाएर ल्याएको शासनव्यवस्थालाई पनिमास्नखोजेको भन्दै अहिले यसलाई जोगाएर राख्ने चुनौतीथपिएको छ । ठूलो संघर्षले शताब्दीऔं देखि चल्दै आएको व्यवस्थालाई परिवर्तन गरे पनिआमजनताले भने त्यसको प्रत्यक्ष महसुस गर्न सकिरहेका छैनन् ।

केहीनिश्चितव्यक्तिलाई मात्रै छोएको लोकतन्त्रले अधिकांश नेपालीको जीवनमाभने अझै पनिखास्सै परिवर्तन ल्याएको छैन । लोकतन्त्रटाठाबाठाकालागिकर्म गरि खाने ठूलो सुनौलीबाख्रो बन्नपुगेको छ । लोकतन्त्रको अभ्यास जुनतवरले हुनुपर्ने हो त्यो अनुरुपभएको छैन । डेढ दशकभन्दाबढी समयलाई नियाल्दात्यत्ति सुखद देखिँदैन । आफू सत्तामाहुँदात्यही कुरा सही देख्नेले सत्ताबाहिर पुगेपछि त्यसैलाई गलत देख्ने पारिपाटी बसेको छ । नेताहरुको ध्याननागरिकको समस्यामाभन्दापनि सत्तामाटिकिरहनुमाहुँदालोकतन्त्रको असलीअभ्यास हुन सकिरहेको छैन ।

विधिको शासनको अपेक्षा गरेर बसिरहेका जनताहरु निराशबन्नथालेकाछन् । स्वदेशीउत्पादनलाई प्रोत्साहनगर्नु पर्नेठाउँमाभएकाकल कारखानाहरु पनिधमाधमबन्दहुँदै जाँदादेशको अवस्थाझनबिग्रने हो कि भन्ने चिन्ताथपिँदै गएको छ । विदेशमापढेको सीप स्वदेशमा सदुपयोग गर्न खोज्दाकानुन नै बन्दैन र दर्ता प्रक्रियालाई अड्चन देखाई विदेश पलायनहुनबाध्यगराईरहेको छ । नेपालमालोकतन्त्र स्थापनाभएको १७वर्ष पुग्दापनिपछिल्लो राजनीतिकघटनाक्रमले जनतामादिनप्रतिदितनिराशाबढाउँदै लगेको छ, सरकारप्रतिको गुनासो थपव्याप्तबन्दै गएको छ ।