Breaking

तनहुँमा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत


काठमाडौँ – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले सात हजार मत कटाउनु भएको छ ।

सोमबार बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना गर्दा डा. वाग्लेले ७ हजार २९६ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २३५ मत पाउनु भएको छ ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।