Breaking

देउवा सत्ता रणनीतिमा मस्त, गगन-विश्वलाई लाज छोप्नै गाह्रो, किन विग्रियो कांग्रेसको हालत ?


काठमाडौँ – सत्तामै रमाउने शीर्ष नेतृत्वको प्रवृत्तीर पार्टी सुधार्ने उद्घोष गर्ने महामन्त्री र पदाधिकारीलाई कार्यकताले विश्वास नगर्ने अवस्थाले सत्ता साझेदार दल नेपाली कांग्रेस थप अस्तव्यस्त बन्दै गएको छ । पार्टीभित्रको दुई लाईन संघर्षले पार्टीभित्रको व्यवस्थापनमा थप चुनौती थपिँदै गएको छ ।
गत मंसिर ४ गते भएको निर्वाचनमा आफ्ना प्रिय पात्र स्वर्णिम वाग्लेलाई टिकट दिलाउन लागि परेका कांग्रेस महामन्त्री गगन थापा बरु उनका लागि आफ्नो निर्वाचन क्षेत्र नै छोड्न तयार भए । स्वर्णिमका लागि आफू सर्लाहि झर्नतयार रहेको भन्दै सभापति शेरबहादुर देउवालाई दवाव थप्ने उनको यो रणनिति सिद्ध भएन । उनको ठाँउमा नैनसिंह महरलाई अघि सारेर देउवाले थापालाई नै साईजमा ल्याईदिए । तत्कालिन समयमाअरु पार्टीको अफरलाई अस्विकार गदैै पार्टीभित्रै संघर्ष गर्ने भन्दै वाग्ले कांग्रेसमै बसे । गगनका अर्काे विश्वास पात्रम निषझाले भने काँग्रेस छाडी रास्वपा रोजिसकेका थिए । उनै वाग्लले पाँच महिना पनि नकट्दै दाई भाउजु कांग्रेसको भविष्यनदेखेको भन्दै रास्वपा रोजे । जो अहिले रास्वपाबाट तनहुँ १ माउम्मेद्वार बन्दा गगन उनीविरुद्ध कमाण्डर बनेका छन् । वाग्लेलाई तनहुँ पुगेर टुरिष्ट उम्मेद्वार भन्न भ्याएका विश्वप्रकाश शर्मालाई चितवन खटाईएका छन । अवपुनःसभापतिन हुने र सक्रिय राजनीतिकका दिन सकिदै गएका सभापति देउवा आफ्ना निकट भन्दामाथि उठ्न सकेका छैनन् । अर्थात शिर्ष नेतृत्व सत्ता भन्दा बाहिर नसोच्ने र पार्टी बनाउछु भन्नेको यो दुर्दशाले कांग्रेसको दुर्दिनकै अवस्था सुरु हुने संकेत देखिन थालेको छ । यद्यपी उपसभापती धनराज गुरुङ जस्ता नेताहरु भने वहकिएकालाई फकाएर पार्टीमा फकाउने सपना देख्न छाडेका छैनन् ।