Breaking

के रहला त चुनावी नतिजाको दिशानिर्देश ? कहिलेसम्म आउला नतिजा ? (भिडियोसहित)


काठमाडौँ — विभिन्न कारणले खाली तीन निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ । ३ लाख ५४ मतदाता रहेका ती निर्वाचन क्षेत्रमा ५० प्रतिशत भन्दा धेरै मतदाताले मत दिएका छन् । भने हेवि वेट र चर्चाका कारण यो पटकको उपचुनावलाई मिनि जनमतकै रुपमा हेरिएको छ । आखिर के रहला त चुनावी नतिजाको दिशानिर्देश ?

चितवन २, वारा २ र तनहुँ १ मा उपनिर्वाचनमा मतदान सकिएसँगै अब मतगणनाको चरण सुरु हुँदैछ । हेविवेट र नयाँ तथा पुरानाको चर्को भिडन्तका कारण आम निर्वाचन जतिकै चर्चामा रहेको उपनिर्वाचन अव अझ रोचक मोडमा प्रवेश गरेको हो ।

केहि छिटपुट घटनाबाहेक मतदान शान्तीपूर्ण वातावरणमा सम्पन्न यो निर्वाचनका लागि जम्मा ३ लाख ५४ मतदाता थिए । त्यसमध्ये चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । यो अघिल्लो निर्वाचनभन्दा ४८० धेरै हो । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने लगायत २४ जना चुनावी मैदानमा छन् ।

जसमा दलबाट १२ र स्वतन्त्रबाट १२ उम्मेद्वार भएपनि प्रतिस्पर्धा भने त्रिपक्षीय बनेको छ । आफ्नो विरासत फर्काउने ध्याउन्नमा गठबन्धनसहित कांग्रेस मैदानमा होमिदा एक मत मात्र घटेपनि नैतिक हार हुने चुनौती सहित लामिछाने अघि बढेका हुन । अर्कातर्फ यी दुईको रस्साकस्सीबाट जित निकाल्ने दाउमा एमाले रहदाँ दिउँसो केहि समय मतदान नै प्रभावित हुने कार्य समेत भएका थिए । अहिले मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याईदै छ भने गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजनामा निर्वाचन आयोग रहेको छ ।

यता तनहुँ १ मा कांग्रेस छोडेर रास्वपा रोजेका स्वर्णिमा वाग्ले, कांग्रेसमा शालीन छवि बनाएका गोविन्द भट्टराई तथा गएको चुनावमा काठमाडौँ ६ बाट पराजित सर्वेन्द खनाल एमालेबाट उम्मेद्वार छन । विकासमा राम्रो छवि बनाएका भट्टराई र विषय विज्ञतामा कोहिसंग तुलना नै हुन नसक्ने वाग्ले भिड्दा यहाँ विकास रोज्ने कि विधान भन्ने धर्मसंकट कै अवस्था छ ।

फलतः निकै रस्साकस्सीको प्रतिस्पर्धा देखिने यो क्षेत्रमा ६९ मतदानस्थलका १५२ मतदान केन्द्र थियो भने १ लाख २३ हजार ३०५ मतदाता छन । जहाँ ९ जना चुनावी मैदानमा छन भने कांग्रेसको विरासत समेत जोडिएको यो क्षेत्रको प्रतिस्पर्धालाई पनि निकै चर्चाका रुपमा हेरिएको छ । यता १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र रहेको बारा २ को पनि प्रतिस्पर्धा कम रोचक छैन । पहिले जनमतका अध्यक्ष सिके राउतसंगै हारेका जसपा अध्यक्ष अहिले पनि उसैका उम्मेद्वार शिवचन्द्र कुशवाहको चर्को दवावमा छन । जहाँ रास्वपाबाट रमेश खरेलले पनि त्रिपक्षीय प्रतिस्पर्धीका रुपमा देखिँदा दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन ।

मतदान सुरु भएसंगै जसपा र जनमत विच आरोप प्रत्यारोप सुरु भएको यो क्षेत्रमा अन्य क्षेत्रमा भन्दा अलिक बढि नै तनावको स्थिती समेत देखियो । जसको नतिजाले नेपाली राजनीतिको आयामबारे नै सोच्ने अवस्था सिर्जना गर्नेसम्मको विश्लेषण हुदाँ मतदातामा खासै उत्साह देखिएको छैन । जहाँ कम्युनिष्ट नेता परि थापा यो निर्वाचनको नतिजा चासोपूर्ण भएपनि तात्विक रुपमा चर्चा गरिए जस्तो आयाम नै परिवर्तनको आधार नहुने बताउछन ।

हुन त यो निर्वाचनलाई बढि मात्रामा पुराना र नयाँ विचको भिडन्तको रुपमा अथ्र्याईएको छ । जहाँ एमाले जस्ता पार्टीले गठबन्धभित्रकै रडाकोका रुपमा हेर्दा तिनै क्षेत्रमा नयाँ आए पुरानालाई वढि दवाव पर्ने बाहेक अरु उपादेयिता यसको देखिदैन । बरु कसैका सत्ता यात्राकै लागि र एक पटक अनुमोदित नभएकैलाई पुन विकाउने प्रयासको नतिजा बनेको यो उप निर्वाचनले अव फड्के राजीनितिक चरित्रमा बढोत्तरी हुने सम्भावना समेत बढेको छ ।