Breaking

पाल्पामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १८ जना घाइते


काठमाडौँ – पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जनाको उद्धार भइरहेको छ ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै सभा ९ बजे दुर्घटना भएको हो ।

घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ ।

यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए । तिनाउ गाउँपालिका वडा नं ५ का अध्यक्ष इन्द्रा चिदीले घटस्थलमा पुगिसकेको र घाइतेको उद्धार भइरहेका बताइन् ।