Breaking

सम्झनामा पासाङ ल्हामु शेर्पा : सगरमाथाको सफल आरोहण गरेको ३० पूरा, राज्य बेखबर

राज्य बेखवर, सरोकारवाला मौन


काठमाडौँ – आज बैशाख १० गते, अर्थात सिंगो नेपाली महिलाको नेतृत्व गर्दै पासाङ ल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर प्रकृतिमाथि नै विजय प्राप्त गरेको दिन ।

राष्ट्रिय विभूति, नेपाल तारा अलंकारबाट पुरष्कृत सशक्त साहासिक र प्रेरक प्रथम नेपाली महिला आरोही स्व. पासाङ ल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेको ३० वर्ष पूरा भएको छ । शेर्पाले सन् १९९३ अप्रिल २२ वि.सं अर्थात २०५० साल वैशाख १० गते सगरमाथाको ऐतिहासिक सफल आरोहण गर्नुभएको थियो । त्यसैको सम्झनामा राष्ट्रिय विभूति पासाङ ल्हामुको ३० औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

शेर्पाको स्मृतिमा चाबहिल चुच्चेपाटीमा रहेको पासाङ ल्हामु स्मारक स्थलमा रहेको पासाङ ल्हामुको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ । तर, राष्ट्रिय विभूतिको स्मृति दिवासमा राज्य भने बेखबर रहँदै आएको छ ।

सगरमाथाको सफलतापूर्वक आरोहण गरेर आधार शिविर फर्कने क्रममा २०५० साल बैशाख १० गते हिमपहिरोमा परी शेर्पाको निधन भएको थियो । सन् १९६१ मा सोलुखुम्बुको चौरीखर्क सुर्केमा जन्मिएका शेर्पाको साहसिक कामको सम्मान गर्दै सन् २००२ मा नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेर नेपाल तारा अलंकारले विभूषित गरेको थियो । पूर्णकदको शालिक निर्माण र शेर्पा फोटो सहितको हुलाक टिकटसमेत प्रचलनमा ल्याएको थियो ।

जुन समय नेपाली महिला घरधन्दा भन्दामा सीमित थिए, तीन सन्तानकी आमा पासाङ ल्हामुले परम्परागत रितिरिवाजबाट ग्रसित समाजलाई चुनौती दिँदै विश्वको सर्वोच्व शिखर चुम्ने आँट गर्नुभयो । उहाँको यो आँटको मुतmकण्ठले प्रशंशा गर्नेहरूको कमि छैन । पासाङ ल्हामुले अहिलेका पुस्तालाई आरोहण र आँटिलो बन्न दिशानिर्देश गरेको महिला पर्यटन उद्यमीहरू बताउँछन । पासाङ ल्हामु शेर्पाको साहस र त्याग नेपालका लागि मात्र नभई समग्र आरोहण क्षेत्रका लागि महत्वपूर्ण कदम बनेको छ । शेर्पाको त्यो साहस अहिले धेरैका लागि पे्ररणा बनेको छ ।

मुलुकको पर्यटन क्षेत्रको महत्वपूर्ण आधार हिमाल आरोहण थप परिस्कृत भएको व्यवसायीहरू बताउँछन । नेपाल पर्वतारोहण संघले नेपाल, नेपाली, हिमाल र शेर्पालाई चिनाउन पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पापछि पासाङ ल्हामु शेर्पाको योगदान महत्वपूर्ण रहेको बताएको छ । पछिल्लो पुस्तामा आरोहणप्रतिको मोह थप बढेको छ । यद्यपि, राज्यले अझै पनि पर्याप्त ध्यान दिन सकेको छैन । न त नेपालमा उपलब्ध हिमालहरूको आरोहणमा प्रचार प्रसार न त आरोहण पेशालाई सु-व्यवस्थित नै बनाउन सकेको छ । यसतर्फ सबै सरोकारवालाले ध्यान पु¥याउन जरुरी छ ।