समाचार

उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा


काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेका तीनवटा निर्वाचन क्षेत्रमा आज ९आइतबार० सार्वजनिक बिदा दिइएको छ ।

आज बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन भइरहेको छ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि नै बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार बारा २, चितवन २ र तनहुँ १ मा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।