Breaking

देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक : एमाले महासचिव पोखरेल


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । देशको विद्यमान अवस्थालाई बदल्न र बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी रहेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पोखरेलले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको बताए । धेरै राजनीतिक दलहरु हुँदा नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी गर्नुपर्ने भन्दै उनले वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै हुने बताए ।