Breaking

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त


काठामाडौँ – सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त डा। रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन् । उनले अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन् ।

पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् । बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण हुन सकेन ।

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा। मिनबहादुर श्रेष्ठलाई तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा। जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो ।

प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको अध्यक्षता गर्छन् भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरी छ जना सदस्यहरू र नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत ९सचिव० सदस्य सचिवको रूपमा रहने व्यवस्था छ। नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव आयोगको पदेन सदस्यको रूपमा रहने व्यवस्था छ।