विदेश

एलन मस्कको विशाल रकेट विष्फोट, मानिसलाई मङ्गल ग्रहमा लैजाने सपना चकनाचुर


काठमाडौँ — एलोन मस्कको स्पेस एक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ । टेक्सासको पूर्वी तटबाट उडेको सो बिमान परीक्षणको क्रममा बिष्फोट भएको हो । अहिलेका चर्चित प्रतिभाशाली व्यक्तिको नाम लिनुप¥यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् । आफैँ अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि छन् ।

कतिपय मान्छे भन्ने गर्छन् मंगलग्रहमा बस्ती बस्यो भने त्यहाँको राष्ट्रपति पक्कै पनि एलन मस्क नै हुनेछन् । एलन सीईओ रहेको स्पेस एक्स रकेट कम्पनीले धनाढ्यहरूलाई लक्षित गरी ल्याएको अन्तरिक्ष पर्यटन कार्यक्रम निकै चर्चित छ । टेस्ला, सोलार सिटी, हाइपर लुप, बोरिङ कम्पनी, न्युरलिङ्क, स्टार लिङ्कजस्ता महत्वाकाङ्क्क्षी योजना उनले एकसाथ अगाडि बढाइरहेका छन् । तर पछिल्लो समय उनलाई धक्का लागेको छ । उनको कम्पनिको विश्वको सबैभन्दा शक्तिशाली रकेट बुधवार उडेको ४ मिनेटपछि मेक्सिकोको खाडीबाट ३० किलोमिटर माथि विस्फोट भएको छ ।

स्टारशिपको पहिलो आर्बिटल टेस्ट परिक्रमा परीक्षण क्रममा यस्तो घटना भएको छ । स्टेनलेस स्टिल स्टारशिप स्पेसएक्स एलन मस्कको कम्पनीले बनाएको हो । एलन मस्कले यस प्रक्षेपणका लागि टोलीलाई बधाई दिए । उनले ट्विटरमा लेखे स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा स्पेसएक्स टोलीलाई बधाई छ । केही महिनापछि अर्को प्रक्षेपणका लागि धेरै कुरा सिकियो । यसअघि सोमबार पनि यसलाई प्रक्षेपण गर्ने कोसिस गरिएको थियो तर प्रेसर वाल्ज फ्रिज भएका कारण प्रक्षेपणको ३९ सेकेन्ड अघि रोकियो । स्पेसएक्सले भन्यो टोलीले डाटा समीक्षा गर्न जारी राख्नेछ र अर्को उडान परीक्षणको लागि काम गर्नेछ । स्टारशिप फेल हुँदा पनि कर्मचारीहरू स्पेसएक्स मुख्यालयमा उत्सव मनाउँदै गरेको देखियो किनभने लन्चप्याडबाट रकेट उडान एक ठुलो सफलता हो ।

पज…यो प्रक्षेपण यस कारण महत्वपूर्ण थियो किनभने यो अन्तरिक्ष यानले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक मानिसले पृथ्वीबाहेक अन्य ग्रहमा पाइला टेक्नेछ । मस्क सन् २०२९ सम्ममा मानिसलाई मङ्गल ग्रहमा लैजान र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पु¥याउन पनि सक्षम हुनेछ । मस्कको रकेट परीक्षणको क्रममा विस्फोटको सम्पुर्ण बिवरण आउन भने बाँकी नै छ ।