देश

भाइबर बिजनेस एकाउन्टहरूका लागि बलियो मार्गदर्शन


काठमााडौँ — राकुटेन भाइबर आवाजमा आधारित सञ्चार र तत्काल मेसज आदानप्रदानको सेवाहरूमा विश्वको अग्रणीमध्ये एक संस्था हो । यसले यसै वर्षको सुरुमा एउटा नयाँ खोजीयोग्य बिजनेस एकाउन्ट प्रस्तुत गरेको छ । भाइबरको सुपर एप बन्ने दीर्घकालीन रणनीतिमा यो अर्को एउटा कदम हो । हालसम्म भाइबरले ब्राण्डहरुका लागि बिजनेस मेसजहरू पठाउन मिल्ने आधिकारिक एकाउन्टहरू सिर्जना गर्ने सुविधा दिँदै आएको छ ।

भाइबरले प्रदान गर्ने निलो टिकूले प्रयोगकर्ताहरूलाई प्रमाणित ब्राण्डहरू छुट्याउन मद्दत गर्दछ र बिजनेस प्रोफाइलले एपभित्र बिजनेसको बारेमा आधारभूत जानकारीहरु पनि प्रदान गर्दछ । ब्राण्डहरूले आफ्नो अवस्थित ग्राहक डाटाबेससँग च्याटहरू प्रारम्भ गर्न सक्ने थिए तर प्रयोगकर्ताहरूको हकमा भने ब्राण्डले सम्पर्क नगर्दासम्म उनीहरु आफैँले कुराकानीको सुरुवात गर्न सक्दैन थिए ।

विश्वभर २०२१ र २०२२ मा सिर्जना गरिएका बिजनेस मेसज प्रोफाइलहरू तुलना गर्दा भाइबरले गत वर्षको तुलनामा यस वर्ष ८७५ को वृद्धि देख्यो । ब्राण्ड र प्रयोगकर्ताबीचको सञ्चारलाई अझ राम्रो बनाउने उद्देश्यलाई साकार बनाउनका लागि नयाँ बिजनेस एकाउन्ट भाइबर एपमा ब्राण्ड प्रोफाइलहरूको विकासको अर्को उल्लेखनीय उपलब्धि हो ।

बिजनेस मेसज भन्दा यो के कुरामा फरक छ ?

१) प्रयोगकर्ताहरूले भाइबरको मुख्य खोज सेक्सनमा गई बिजनेसको नाम टाइप गरेर सक्रिय रूपमा यी एकाउन्टहरू (बिजनेसहरू) खोज्न सक्छन् ।

२) प्रयोगकर्ताहरूले कुराकानी सुरु गर्न सक्छन् र तत्कालै ब्राण्डसँग मनपर्ने संचार च्यानल छनौट गर्न सक्षम हुनेछन्। आजसम्म बिजनेस एकाउन्टमा च्याट सूची अन्तर्गत व्यापार मेसजहरू उपलब्ध थिए । बिजनेस एकाउन्ट खोज्न सकिने भएकोले प्रयोगकर्ताहरूले बिजनेसले यो सुविधा सक्रिय गराएको खण्डमा ब्राण्ड प्रतिनिधिहरूसँग सिधै कुराकानी सुरु गर्न सक्छन् र तुरुन्तै प्रतिक्रिया प्राप्त गर्न सक्छन् । चाँडै नै प्रयोगकर्ताहरूलाई उनीहरूको मनपर्ने सञ्चार च्यानल छनौट गर्न दिनका लागि च्याटबटहरू पनि थपिनेछन् । यसले ब्राण्डको च्याटबट ग्राहकलाई सजिलैसँग ब्राण्डको मेसज एकाउन्ट फेला पार्न र ब्राण्डलाई पनि ग्राहक फेला पार्न सहज बनाउनेछ । एकै ठाउँमा विभिन्न ब्राण्डसँग संचारको बहु च्यानलहरूमा सरल र सजिलो पहुँचले ग्राहकलाई सुविधा प्रदान गर्न र उनीहरुको संलग्नतालाई प्रोत्साहित गर्न सघाउने छ ।

३) बिजनेस एकाउन्ट पृष्ठ आउँदा दिनमा प्रस्तुत गरिने अन्य सुपरएप सुविधाहरूको लागि आधार पनि हो । यी एकाउन्टहरू थप सेवा र सुविधाहरू थप्दै, सबै ब्राण्ड(प्रयोगकर्ता सञ्चारहरूको लागि सुविधाजनक वन(स्टप पसल बन्ने क्रममा निरन्तर रुपमा विस्तारित हुँदै जानेछन् । थप सुविधा, थप सेवा, सञ्चारका थप च्यानलहरूको एउटै लक्ष्य, थोरै चरणहरुमा प्रयोगकर्ता र ब्राण्डहरूका लागि धेरै फाइदा ।

ब्राण्डहरूले कसरी आफ्नो बिजनेस एकाउन्टहरू सिर्जना र सम्पादन गर्न सक्छन्रु

भाइबरमा बिजनेस मेसजहरू पठाउने प्रमाणित ब्राण्डहरूको लागि बिजनेस एकाउन्टहरू सिर्जना गरिएको हो । यी एकाउन्टहरूले पहिले नै भाइबरमा प्रमाणीकरण ूब्लू टिकू प्राप्त गर्न म्यानुअल प्रमाणीकरणको प्रक्रिया पार गरिसकेका छन् । एपमा बिजनेस एकाउन्ट बनाउन चाहने सबै ब्राण्डहरूले भाइबरको विश्वसनीय मेसज साझेदारहरू मार्फत त्यसो गर्न सक्नेछन् । मेसज साझेदारहरूले पनि बिजनेस एकाउन्टमा परिवर्तन गर्न मद्दत गर्न सक्छन् ।

बिजनेस एकाउन्टहरूमा ब्राण्डहरूले कस्ता जानकारी शेयर गर्न सक्छन्रु
बिजनेस एकाउन्ट भाइबर एपमा रहेको कम्पनीको एउटा सानो वेबसाइट हो । पृष्ठले ब्राण्डको शीर्षक, लोगो, ूनिलो टिकू लेबल, तीनवटा ठेगानाहरू, सम्पर्क र वेबसाइट बटनहरू, १००० क्यारेक्टरहरूसम्मको विवरण र भाइबरमा उपलब्ध सञ्चार च्यानलहरू प्रदर्शन गर्न सक्छ । नयाँ बिजनेस एकाउन्टका कारण ग्राहकहरूले ब्राण्डसम्म पुग्नका लागि आवश्यक पर्ने सबै विवरणहरूमा सजिलै पहुँच प्राप्त गर्छन् । राकुटेन भाइबरले नयाँ बिजनेस एकाउन्टहरूमार्फत् दर्शकहरूसँगको निर्बाध सञ्चारलाई अझै सुदृढ पार्ने, ब्राण्डहरूको प्रभावलाई बढाउने, ग्राहकहरुको संलग्नतालाई प्रोत्साहित गर्न र उनीहरुकोको अनुभवलाई अझ राम्रो बनाउन मद्दत गर्ने लक्ष्य राखेको छ ।

राकुटेन भाइबरको बारेमाः
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी
प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग
अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।

बिजनेसहरूको लागि भाइबरले मेसज समाधानहरू (च्याटबट, बिजनेस मेसजहरू) डिस्प्ले विज्ञापनहरू, ब्राण्डेड स्टिकरहरू र लेन्सहरू र आगामी व्यापार कलिङ समाधानहरू प्रदान गर्दछ । यी सबै उपकरणहरूले व्यवसायहरूलाई व्यावसायिक यात्राको प्रत्येक चरणमा आफ्ना ग्राहकहरूसम्म पुग्न मद्दत गर्दछ । भाइबरमा सबै निजी, समूह च्याट र निजी कलहरू अन्तर्निहित एन्ड-टु-इन्ड इन्क्रिप्सनद्वारा सुरक्षित छन् र भाइबर बिजनेस मेसेजेसमा ट्रान्जिटमा इन्क्रिप्शन छ, त्यसैले प्रयोगकर्ता र ब्राण्डहरू आफ्ना कुराकानी सधैं सुरक्षित हुन्छन् भन्नेमा सुनिश्चित हुन सक्छन् ।