Breaking

सुडानको विपक्षी अर्धसैनिक समूहद्वारा युद्ध बिरामको घोषणा


काठमाडौँ – सुडानको विपक्षी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको छ ।

एक हप्तादेखि राजधानी खार्तुमा नै चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय युद्ध बिरामको घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहने पनि सोही समूहले जनाएको छ । शुक्रबार बिहानै पनि खार्तुममा भीषण बमबारी भएको छ । त्यसका लागि सरकारी सेना र विपक्षीले एक-अर्कालाई आरोप लगाएका छन् । सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले खार्तुम छाडिरहेका छन्।

युद्ध बिरामको मौका छोपेर अझै धेरै सर्वसाधारण शहरबाट बाहिरने अनुमान गरिएको छ ।