काठमाडौँ – एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङमा संघर्षरत नेपालका लागि अलराउन्डर कुशल मल्लले ५० रन पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालबाट छैटौं नम्बरमा ब्याटिङका लागि आएका कुशलले २९ बलमै अर्धशतक पूरा गरे ।
कुशलले ५० रन पूरा गर्दा ६ चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पाँचौँ अर्धशतक हो । कुशललाई क्रिजमा साथ दिइरहेका आरिफ शेखले २९ रन जोडेका छन् । नेपालले अहिले २९.१ ओभरमा चार विकेट गुमाएर १३४ रन बनाएको छ ।
त्यसअघि, नेपालका दुवै ओपनर शून्यमा आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल २३ र भीम सार्की ३३ रनमा पभेलियन फर्किएका थिए ।
प्रतिक्रिया