काठमाडौँ – एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २३.४ ओभरमा १०० रन पूरा गरेको हो ।
हाल २४ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर १०८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका कुशल मल्ल ३१ र आरिफ शेख २० रनमा खेलिरहेका छन् ।
त्यसअघि, नेपालका दुवै ओपनर शून्यमा आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल २३ र भीम सार्की ३३ रनमा पभेलियन फर्किए ।
प्रतिक्रिया