Breaking

धरान उपमहानगर मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिँदै


काठमाडौँ – धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ ।

विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् । राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुनस् चुनाव लड्न चुनौती दिएका छन् ।

एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै अब नबस्ने उनीहरूको प्रतिक्रिया छ । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाए । पत्रकार सम्मेलनमा धरान( ६ बाट स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष भूपेन्द्र भट्टराईले साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिए ।

उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै भने, ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ ? के खोला मेयरको ठेक्का हो ?’

भट्टराईले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए । १७ नम्बरका अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङसँग वडाध्यक्षहरूको व्यक्तिगत नभई विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाइँ भएको बताए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफैँ राजीनामा दिएर चुनावमा भिड्न उनले चुनौती दिए ।

यो पनि पढ्नुस् स् वडाध्यक्षहरूलाई हर्क साम्पाङको चेतावनी- सच्चिएर बैठकमा आऊ, नत्र राजीनामा देऊ

उनले धरानलाई समृद्ध बनाउन कार्यपालिकालाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व र भूमिका नेतृत्वमा बसेको मेयरको भएको बताए । मिलेर, मिलाएर जाऊँ भन्दै अगाडि बढेको तर अबको लडाइँ अब वारपारको बनेको भट्टराईको भनाई थियो ।मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नहुने भन्दै वडाध्यक्षहरू बैठकमा नजाँदा विकास प्रभावित नभएको उनको जिकिर छ ।

उनले भने ‘फेसबुकमा लाइक र कमेन्टले धरान चल्दैन । धरान बनाउन स्थानीय शासन सञ्चालन ऐन नियम अनुसार अघि बढ्नुपर्छ उनले बताए । हाम्रो ५ वटा माग पूरा नभए कानूनी प्रक्रियामा जान्छौं ।’ वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सुचारु गर्न मेयर आफैँ नलागेको आरोप लगाए । ‘सहजीकरणको लागि समीक्षा गरौं भनेका थियौं, तर उहाँ आफैँ मान्नु भएन’, उनले सुनाए ।

सामाजिक सञ्जालमा वडा अध्यक्षहरूलाई ‘गुइँठे’ भन्दै अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको राईले बताए । उनले भने ‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले ९धक्कुमात्र लाउने काम नगर्ने० उपनामले चिनिएका छन् ।’ धरानमा लामो समयदेखि वडाअध्यक्ष र मेयरबीच लामो समयदेखि विवाद छ । मेयरका स्वकीय सन्दिर लिम्बूले वडाअध्यक्षहरूलाई निर्देशनात्मक पत्र पठाएपछि विवाद सुरू भएको हो ।