Breaking

पुराना दलको घेराबन्दी तोड्दै रवि र रास्वपा,प्रचण्ड र माधवको पार्टी भोटरमात्रै,कांग्रेसको भिडन्त को संग ?


काठमाडौँ — आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मध्यरातीबाट मौन अवधी सुरु हुँदै गर्दा दलहरु अन्तिम प्रचारमा छन । नयाँ विरुद्ध पुराना र त्यसमा पनि गठबन्धन र एमालेबीचको त्रिपक्षीय भिडन्तको यो चुनाव राजनीतिक रुपमा चासोपूर्ण रुपमा हेरिएको छ । जहाँ प्रतिष्ठाको लडाईका रुपमा समेत देखिएको यो चुनाव कसका लागि कस्तो बन्दै छ त ? रामचन्द्र पौडेल राष्ट्रपतिमा,रामशाह प्रसाद यादव उपराष्ट्रपति र रवि लामिछाने नागरिकता विहिन हुदाँ यहि आइतबार ३ स्थानमा उपनिर्वाचन हुँदै छ । भुगोलका हिसावले दुई मधेश र एक पहाडको क्षेत्रमा हुन लागेको निर्वाचनको अन्तिम प्रचारप्रसार समेत सकिएको छ ।

जहाँ गठबन्धनभित्रै पनि नयाँ र वैकल्पिक शक्ती जवरजस्त रुपमा मैदान उत्रिदा गठबन्धनकै कांग्रेस,माओवादी र जसपाबाट पनि साझा उम्मेद्वार चुनावी मैदानमा छन । त्यहि मैदानमा एमाले भने एक्लै उभिएको छ । हालसम्मको स्थिती हेर्दा चितवन–२ मा रास्वपाका रवि लामिछाने सवैभन्दा बलियो उम्मेद्वारका रुपमा देखिदा पुराना दलहरु एक ठाँउमा उभिने तयारीसम्मै पुगे भने तनहुँमा कांग्रेसले अझै आशा मारेको छैन । आफैले पाले पोसेका स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेद्वार बन्नेपछि प्रतिष्ठाको लडाईका रुपमा हेरेको कांग्रेसले गठबन्धनकै शिर्ष नेता त्यता खनाएको छ ।

नयाँ को उलारकाविच व्यवस्था परिवर्तनमा योगदान गरेको भन्दै व्याज खाईरहेका नेता कै भविष्यमाथि प्रश्न उठेको वर्तमान अवस्थामा रामचन्द्रको विरासत रहेको प्रमाणित गर्न पनि जित्नै पर्ने दवावमा कांग्रेस छ । फलत ः शालीन र विगतमा अवसर नपाएका नेता गोविन्द भट्टराई आफूलाई कांग्रेसको नेतृत्वको गलत निर्णयको शिकार नबनाईदिन भन्दै भोट मागिरेहका छन । वाग्लेले रामचन्द्रको अवको उत्तराधिकारी नै आफू भएको भाष्य सहित जनताको घरदैलोमा पुग्दा अन्य निर्वाचन क्षत्रमा वास्तै नगरेका कांग्रेसका केन्द्रस्तरका नेताहरुको वाक्लो उपस्थितीले पनि उसको मनोभावना बुझ्न सकिन्छ ।

गत निर्वाचनमा सिके राउतसंग हार व्यहोरेका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले बारा २ मा पनि उनैसंग भिडिरहेका छन । मदेशको राजनीतिक चेतना,संघियताको कार्यान्वयनको खम्बा नै आफू भएको बताँउने उनलाई उनै नेता शिवचन्द्र कुशवाह लगेर जनमतले टक्कर दिईरहेको छ । रास्वपाबाट मैदानमा रहेका रमेश खरेल उम्मेद्वार हुनुलाई खासै चुनौती नठानेका उनीहरुमध्ये यादव कसै गरे संसदीय यात्राको आशामा छन भने राउत हिंसाको पृष्ठभूमिबाट राजनीतिमा आएकाको भविष्य सकिएको प्रमाणित गर्न चहान्छन ।

जहाँ एमाले भने मदेशवादी यहि पुराना र नयाँ शक्तीको टक्करकावीचबाट जित निकाल्ने दाउमा छ । फलत ः जसरी तनुहँमा कांग्रेस लागेको छ उसै गरि बारामा एमालेका केन्द्रीय नेताहरु लागि परेका छन भने ईश्वर पोखरेल र योगेश भट्टराईको वास नै उतै छ । यहिवीचमा ओलीले पनि दुई चोटि सभालाई सम्बोधन गरिसकेका छन ।

चितवन दुईमा भने पुराना दलहरुले लभगभ माया मारेकै अवस्था छ । एमाले र कांग्रेस वा गठबन्धनका नेताहरुको खासै प्राथमिकतामा नपरेकै कारण दुई पक्षबीचचुनावी तालमेलको प्रयास समेत भएको थियो । त्यसका लागि कांग्रेसका दूतहरु वालुवाटार पुगेपनि सहमती नै भने हुन सकेन । यद्यपी रवि पनि जितमा ढुक्क भएपनि पहिले जति मत नआउनेमा पक्का छन । जसले आफ्नो नैतिक हार देखिने वुझेकै कारण भएको मत ट्रान्सफर नहोस भन्नेमा चनाखो देखिएका उनले नयाँ विरुद्ध पुराना सवै दल लागेको भाष्य निर्माण गरिरहेका छन ।

वर्तमान स्थितीमा धुव्रीकरणको हिसावले हेर्दा गठबन्धनकै दलहरुबीचको प्रतिस्पर्धा देखिदा नयाँ भर्सेस कांग्रेसकै अवस्था छ । जहाँ एमाले सुस्त सुस्त अघि बढेर यो रस्साकस्सीको फाईदा उठाउने दाउमा रहदाँ नयाँले वाजी मारे रामचन्द्र पौडेल र उपेन्द्र यादव जस्ता नेताको राजनीतिक भविष्य माथि नै संकट पर्ने प्रष्ट छ । जसले नेपाली राजनीतिको आयाम नै परिवर्तन भएको धारणलाई अझ वल पुर्याउने देखिदा माओवादी र एकीकृत समाजवादी भने भोटर मै सिमित भएका छन ।

यसले उनीहरुलाई खासै यो चुनावले समेत छोएको छैन । तर रवि र रामचन्द्र ,उपेन्द्रको विरासत जाच्ने मिनिजनमतकै रुपमा उपनिर्वाचन देखिदा यो महानिर्वाचनकै छनकमा अघि बढेको हो । जसले यो निर्वाचनमा माओवादी र एकीकृत समाजवादीले नामै मेटाउदा एमाले र कांग्रेसको पनि त्यहि बाटो हुने खतरा बढेको छ ।