काठमाडौँ — काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन । महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए । उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन् । लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ ।
जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्यवस्थापनको तरिका अपनाउन थालिएको छ । कुहिने र नकुहिने दुई थरिका फोहोरलाई छुट्टाछुट्टै किसिमले व्यवस्थापन गरिन थालेको हो । कुहिने फोहोरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ भने नकुहिने फोहोरलाई छनोट गरेर बाहिर पठाउने काम भइरहेको छ ।
प्रतिक्रिया