Breaking

उपनिर्वाचन : आज मध्यरातदेखि ‘मौन अवधि’


काठमाडौँ – यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बज हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने प्रावधान छ । आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ । वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।