विदेश

जनसंख्याको रेकर्डमा पहिलो पटक चीनलाई भारतले उछिन्यो, जनसंख्या वृद्धिसँगै के–के छन् चुनौती ?


काठमाडौँ — भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । पछिल्ला शताब्दीहरूमा विश्व जनसंख्या बढेको छ । त्यसले ठूलो चुनौतीहरू प्रस्तुत गर्दछ । विश्वका सबै भन्दा बढी जनसंख्या भएका देशहरू चीन, भारत, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, पाकिस्तान, ब्राजिल, नाइजेरिया, बंगलादेश, रसिया र मेक्सिको हुन् । उनीहरूले सामना गर्ने चुनौतीहरू शिक्षा, स्वास्थ्य र सबैका लागि काम प्रदान गर्नेसँग छ ।

यो सजिलो पनि छैन । कसैले सोच्न सक्दछ, प्रायः स्वाभाविक नै जुन ठूलो देश हुन्छ त्यति नै मानिसहरू त्यहाँ बस्छन् । पहिलो त्रुटि देशको भौगोलिक आकार निवासी वा जनसंख्या घनत्वसँग सम्बन्धित छैन । तसर्थ नामिबिया वा अष्ट्रेलिया जस्तै धेरै कम जनसंख्या घनत्वको साथ विशाल देशहरू पनि छन् । पछिल्लो समय भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको छ । २०२३ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको छ ।

चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्यांक समावेश छ । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ ।

उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ । देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ । कोभिड–१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ । तर भारतको जनसंख्या बृद्धिसंगै निकै चुनौती पनि छ । जनसङ्ख्याको फाइदा उठाउन भारतले उसका युवाहरूलाई पर्याप्त रोजगारीका अवसर सृजना गर्नुपर्छ । तर सेन्टर फर मनिटरिङ इन्डियण इकोनमी (सीएमआईई)का अनुसार भारतमा काम गर्ने उमेर समूहका ४०% मानिस मात्रै काममा छन् वा काम गर्न चाहन्छन् ।

शिशु जन्माउन अनि तिनको रेखदेख गर्न दिनुपर्ने समय घट्दै गएका कारण अब धेरै महिलाहरूलाई पनि रोजगारी आवश्यक पर्छ । तर काम गर्ने उमेर समूहका केवल १०% भारतीय महिला मात्रै काममा रहेको छ । करिब २० करोड भारतीयहरू देशभित्रै कामका निम्ती एक राज्यबाट अर्को राज्य वा जिल्ला पुगेका छन् । यो सङ्ख्या अझ बढ्नेछ । धेरैजसो मानिस गाउँबाट सहर पसेका छन् । गाउँमा रोजगारका अवसर नहुँदा र न्यून ज्याला हुँदा सहर पस्ने क्रमसँग सहरहरू विस्तार हुनेछन् । भारतले कामदारहरुलाई उचित जीवनस्तर दिन सकेमा निकै फाईदा हुने देलिन्छ नत्र भने झुपडीयुक्त बस्ती अनि रोगको विस्तार हुनेछ ।