Breaking

ओली–देउवा मिल्दा काँग्रेसमा भाँडभैलो, रवि–स्वर्णिम हराउने सहमति भत्कियो, सत्ता फेरबदल कति सहज ?


काठमाडौँ — बैशाख १० को उपनिर्वाचनले ठूला दलनै दबाबमा परेपछि सहकार्यको खोजी भइरहेको छ । काँग्रेस–एमालेबीच सहकार्यको खोजी भएपनि त्यो सम्भवन नभएको तथ्यहरु बाहिरिएको छन् । बैशाख १० को उपनिर्वाचनमा सत्तारुढ गठवन्धनका बीच तालमेल हुनु स्वभाविकै हो तर सुचनाहरु यसरी आएकी काँग्रेस र एमाले नै एक्ले अर्कालाई सहयोग गर्ने गरि तालमेलमा अघि बढेको खबर गाइँगुइँ चल्यो । गाइँगुइँ खबरलाई पुष्टि गर्ने गरि मंगलबार राति काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भएछ ।

र उपनिर्वाचनमा तालमेल गर्ने सहमतिका लागिकाँग्रेसकानेताहरु हस्ताक्षर बोकेर बालकोटपुगेछन् । काँग्रेसका तर्फबाट मिनेन्द्र रिजाल र राजेन्द्र बजगाई सहभागि थिए भने एमालेबाट ईश्वर पोखरेलसहित विष्णु पौडेल र विष्णु रिमाल सहमतिको कसरतमा रहेको सुचना प्राप्त भएको छ। नेताहरुबीच बालकोट वार्ता चलिरहेकै बेला भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले ओलीलाई भेट्न त्यही पुगे ।वार्ता विश्राममा रहेका बेला काँग्रेसभित्र चलखेल चलेपछि लगभग अन्तिम टुंगोमा पुग्दै गरेको सहमति भंग भयो ।

एमालेसँग तालमेल गर्ने विषयमा काँग्रेसभित्रै मत बाँझिएपछि ओली–देउवा सहमतिको गाँठो कसिन पाएन । किनकि देउवाले दुई उपसभापति र महामन्त्रीसमेतलाईपत्तो नदिई ओलीसँग तालमेलको प्रयास गरेका थिए । यसले गठबन्धन भत्किएर सरकार फेरबदलकै सम्भावना देखिएपछि उपसभापति पूर्णबहादुर खड्काले देउवाको प्रतिवाद गरे । फलतः पार्टीभित्रै साथ नपाएपछि देउवा पनि ओलीसँगको सहमतिबाट पछि हट्न बाध्य बने । र बुधबार तनहुँ पुगेर गोविन्द भट्टराईलाई जिताउन भाषण गर्न केन्द्रीत बनेका छन् ।

सांगठनिक आधारमा बलियो भएपनि तनहुँ १ र चितवनमा २ मा संसदका दुई ठूला शक्ति नै रक्षात्मक अवस्थामा छन् । रास्वपाको उभारले तनहुँमा स्वर्णिम चुनौती दिने तहमा छन् भने आफ्नै क्रेजले रवि चितवनमा सुरक्षित देखिन्छन् । भर्खरै उदाएको पार्टीले विरासतसहित राजनीति गर्दै आएका रैथाने दललाई धक्का दिएपछि सहमति खोजिएको हो । जहाँ चितवनमा एमालेका रामप्रसाद न्यौपाने र तनहुँमा काँग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने खाका तयार भएको थियो । बाराका हकमा भने औपचारिक रुपमा नभएपनि एमालेका उम्मेदवारलाई समर्थन गर्ने तयारी भएकै बेला सहमति भाँडिएको नेताहरु बताउँछन् । किनकि यसले बन्द भएको काँग्रेस–एमाले सहकार्यलाई नयाँ रुप दिने सम्भावना थियो ।

यसले उपनिर्वाचन हुँदै सरकार फेरबदलकै अवस्था निम्तिने सम्भावना भएपछि भने नेताहरु ‘ब्याक’ भएका हुन् ।किनकि काँग्रेस अझै ओलीसँग सहकार्यका लागि तयार भएको छैन । यसअघि पुस १० को बालकोट सहमति बन्नुभन्दा पहिले ओली–देउवाबीच सहकार्यको मौखिक सहमति भएको थियो । एमालेको समर्थनमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेका देउवाले यसैकारण प्रचण्डलाई प्रधानमन्त्री दिएका थिएनन् । तर देउवाबाट नपाएपछि बालकोट गएका प्रचण्डलाई ओलीले प्रधानमन्त्री बनाएर पठाइदिए । जसले बद्लाभावमा उत्रिएको काँग्रेस दुईमहिनाभित्र गुमेको सत्ता फर्काउन सफल भयो ।

र ओलीको प्रमुख टकराव नै अहिले काँग्रेससँग चलिरहेको छ । फलतः उपनिर्वाचनकै स्वार्थमा अकास्मात एमाले–काँग्रेस सहकार्यको सम्भावना देखिएपनि त्यो सार्थक भइहाल्ने अवस्था नभएको विश्लेषकहरु बताउँछन् । उपनिर्वाचनकै लागि काँग्रेस–एमाले सहकार्यकै तहमा पुग्नु भने सानाको शक्तिसँग दबाबमा परेको प्रष्टै छ । ७० बर्ष राजनीतिक गरेका दलहरु झण्डै ७ महिनाअघि उदाएका नयाँ शक्तिहरुसँग टक्कर गर्नु गर्नुपर्ने बाध्यतामा छन् ।यसले अझै नसुध्रिए सकिन तयार हौ भन्ने सन्देश समेत दिएको छ ।