Breaking

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी


काठमाडौँ – स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उहाँलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी भईरहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टीच्युट अफ मेडिकल साइन्सेस ९एम्स०मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् ।

सोमबारमात्रै उहाँ फलोअपका लागि अस्पताल पुगेर घर फर्किनुभएको थियो । मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको डा। निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।