काठमाडौँ – सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए र जुकाको औषधि खुवाइने छ ।
नजिकैका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरु मार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने ब्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्ष दुईपटक बालबालिकालाई खुवाइँदै आएको छ ।
प्रतिक्रिया