Breaking

भू–राजनीतिको चपेटा, प्रचण्डले बिगारेको परराष्ट्र सम्बन्ध साउदले सुधार्लान्, के–के छन चुनौती ?


काठमाडौँ — कुटनीतिक सन्तुलन र संवादको अभावमा छिमेकीसँगको सम्बन्ध मात्र नभई मुलुकको परराष्ट्र मामिला शिथिल अवस्थामा छ । सत्ता स्वार्थमा गिजोलिएको प्रधानमन्त्री प्रचण्ड नेृतत्वको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपनि दुई जनालाई परराष्ट्रमन्त्री बनाउन भ्याएका छन । आन्तरिक राजनीतिक अस्थिरताले संकटमा रहेको कुटनीतिक क्षेत्रको सुधारमा नयाँ परराष्ट्रमन्त्रीको क्षमता प्रदर्शन होला ? कुटनीतिमा पटक पटक कच्चा सावित हुँदै आएका पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको तेस्रो कार्यकालमा पनि परराष्ट्र मामिलामा चुकि सकेका छन ।

आन्तरिक राजनीतिक शक्ति संघर्षको शिकार मुलुकको कुटनीतिक क्षेत्र बन्ने गरेको वाक्यलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा नै प्रमाणित गरिदिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सबै तयारी सक्काएर उड्नै लाग्दा प्रधानमन्त्री प्रचण्डको आदेशमा तत्कालिन परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन पाइन्न् । त्यस्तै भारतबाट नै आफ्नो पहिलो भ्रमण सुरु गर्ने हठमा रहेका प्रचण्ड चीनमा सम्पन्न बोआओ सम्मेलनमा पनि सहभागी भएन्न ।

अर्थात छिमेकी र अन्तराष्ट्रिय समुदायले जत्ति चासो दिएपनि हाम्रो सरकार कुटनीतिक मामिला सञ्चालनमा औपचारिकतामै रमाईरहेका छन । तीन महिनाको अवधिमा राजदुत भेटघाट र बधाई खाने बाहेक प्रचण्ड नेतृत्वको सरकारले कुटनीतिक क्षेत्र सुधार र परराष्ट्र मामिलामा देखाउन लायक केहि छैन । भारत जाने हतासमा रहेका प्रचण्डले दोस्रो पटक परराष्ट्रमन्त्री नियूक्त गरेका छन । नेपाली कांग्रेसका एन पी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन ।

पार्टी सभापति शेर बहादुर देउवाको देनले परराष्ट्रमन्त्री बनेका साउद चुनौति नै चुनौतिकाबीच परराष्ट्रमन्त्री बनेका छन । तत्काल प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको भ¥याङ त बन्नु छ नै फरक–फरक राजनीतिक व्यवस्था भएका छिमेकी भारत र चीनसँग सम्बन्ध सुधार गर्दै बदलिँदो भूराजनीतिक उतार–चढावलाई सन्तुलनमा राखेर आफ्नो राष्ट्रिय स्वार्थ हासिल गर्नुपर्ने चुनौती साउदका लागि कम सहज पक्कै छैन ।

छिमेकी मुलुक भारतसँग सिमा विवादले अझै निष्कर्ष पाउन सकेको छैन । इपिजि प्रतिवेदन अन्यौल्लमा छ । बढ्दो व्यापार घाटा जस्ता समस्याले चिसिएको नेपाल–भारत सम्बन्ध सुधार्न कम सहज छैन । साउद परराष्ट्रमन्त्री हुन साथ भारतीय राजदुत र साउदबीच भेट गरे । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा छन् । प्रचण्ड प्रधानमन्त्री हुन साथ उपहार स्वरुप सीमा नाका खोलिदिएको चिनले नयाँ वर्षको पूर्व सन्ध्यामा एकैपटक दुई सयको हाराहारीमा पर्यटक भित्¥याएर अर्को उपहार दिएका छन ।

नेपालप्रति चिनिया चासो निरन्तर बढ्दो छ । अर्कोतर्फ कार्यन्वनमा ल्याएको अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहित अनुकुल प्रभावकारी कार्यन्वयन अर्को पाटो हो । चुनौतिका बाबजुत प्रचण्डको सरकारको तीन महिनाको विश्लेषण गर्दा तत्काल केहि अपेक्षा गर्न नमिल्ने परराष्ट्र मामिलाका जानकारहरुको तर्क छ ।

नयाँ सरकार तर पुरानै अनुहार, पुरानै मन्त्री,पुरानै राजनीतिक आचारण त्यसमाथी अस्थिर अंकगणित अस्थिर राजनीतिक परम्पराले नयाँ मन्त्री आउँदैमा अपेक्षा गरिहाल्ने वातावरण छैन । तथापी मुलुक कुटनीतिक प्रभावकारीताको पर्खाईमा छ । कुटनीतिक माध्यमबाट अन्तराष्ट्रिय साझेदारी सहयोग मार्फत मुलुकको विकास विकल्प विहिन शर्त बनेको छ ।