Breaking

बालुवाटारमा ५ दलको बैठक


काठमाडौँ — संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदारका पाँच दलको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् । संसदमा विचाराधीन रहेको टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल हुने जनाइएको छ ।