Breaking

जहाज खरिद गर्न उपसमिति गठन


काठमाडौँ — नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रका लागि तीनवटा जहाज खरिद गर्न उपसमिति गठन गरेको छ । निगमले सोमबार विज्ञप्ति जारी गर्दै संचालक समितिका सदस्य सुधीर समशेर राईको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको जनाएको छ । निगमले आन्तरिक उडानका लागि आफ्नै स्रोतबाट जहाज खरिद गर्ने पनि जनाएको छ ।

हाल निगमसँग दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा टुइनअटर जहाज छन् । तीमध्ये एउटा १० वर्षदेखि ग्राउन्डेड छ । यसैबीच निगमले अपरेशन विभागको निर्देशकमा क्याप्टेन श्रवण रिजाललाई जिम्मेवारी दिएको छ । दुई साताअघि क्याप्टेन रविन्द्र शेरचनलाई हटाउँदै निगम अध्यक्ष युवराज अधिकारीले क्याप्टेन उद्धव घिमिरेलाई अपरेशन विभागको निर्देशक तोकेका थिए ।