काठमाडौँ — काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । सोमबार अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिट दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ । केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ । काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको ९ दिन बितिसकेको छ ।महानगरका प्रवक्ता नवीन मानन्धर सरकारसँग वार्ता भएपछि मात्रै फोहोर उठ्ने जिकिर गर्छन् ।


प्रतिक्रिया