बिजनेस

कोका-कोला मोमोत्सवको आठौँ संस्करण सम्पन्न


काठमाडौँ – कोका-कोला मोमो उत्सवको आठौँ संस्करण सम्पन्न भएको छ । ‘कोक प्लस मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका-कोलाले ८ वर्षदेखि मःम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौँ, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएको थियो ।

भक्तपुरमा ‘भक्तपुर कुकिङ’ कार्यक्रमको साथ समापन भएको कोक मोमोरी फेस्टमा थियो, जहाँ ४४ सयभन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तिनै सहरका उत्कृष्ट मोमोका स्वादहरू लिने अवसर पाएका थिए ।

कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ । फेब्रुअरी १५ मा सुरु भएको यस अभियान मार्फत कोका–कोलाले नेपालभरका १००० भन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोला मम उत्सव एउटा वर्षेनी आउने चाड जस्तै भइसकेको छ । अझ चिसो कोक र तातो ममको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ । हामीलाई त पुरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मम उत्सव हो ।”

त्यस्तै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले भने, ‘मोमो प्लस कोकको स्टोरिज, म्याजिकल मोमोरिज, भन्ने जुन हाम्रो ट्यागलाइन छ, मलाई आशा छ कि हाम्रा नेपाली उपभोक्ताहरूले देशका विभिन्न भागहरूमा भएको कार्यक्रमहरूमा हाम्रा नेपाली उपभोक्ताहरूले यस कोका–कोला मम उत्सवमा अझै नयाँ–नयाँ म्याजिकल मोमोरिजहरु बनाउनु साथ साथै रोमाञ्चक संगीतमा रमाउनु भएको छ ।’

देशका मुख्य सहरहरूमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै सहरहरूमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो ।