Breaking

रविका चालक छतबाट खसेपछि मुकुलका चालक पक्राउ


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका ११ स्थित घरमा रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेका थिए ।

उनको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । सँगै सुतेका रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । ३९ वर्षीय चालक थापाको घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ हो । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।