Breaking

सरकारको आयु बढाउन भारतको साथ खोज्दै प्रचण्ड, निम्तो विनाको भ्रमण ! (भिडियोसहित)

प्रचण्डको भारत मोह !


काठमाडौँ — कांग्रेसको गुट नमिलेर अलमलमा परेको सरकार विस्तारमा प्रधानमन्त्रीको भारत भ्रमणको बाध्यताले परराष्ट्रमन्त्री थपिएका छन । फलत: अन्य मन्त्रीको नाम नआएपनि एनपी साउद मन्त्री बनेका छन भने सरकार अझै अपुरो नै छ । जसको सम्बन्ध प्रचण्डले आफ्नोे सरकारको आयु लम्बाउने भारतीय समर्थनसम्म जोडिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउने हेतुले कांग्रेसलाई परराष्ट्रान्त्रीको चयन गरेर पठाउन दिएको दवावले नतिजा दिएको छ । फलत: हाल सरकारमा सहभागी भएका बाहेक अन्य चार जना मन्त्री चयन गर्न नसकेको कांग्रेसले आइतबार एन पी साउदलाई परराष्ट्र मन्त्री बनाएको हो ।

प्रधानमन्त्री भएपनि पहिलो पटक भारतीय मिडियालाई अन्तरर्वार्ता दिएका प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने सार्वजनिक रूपमा बताएका थिए । लगत्तै चैतको अन्तिम साता वा वैशाखको पहिलो साताभित्र प्रधानमन्त्रीको भारत भ्रमणको योजना बनाइएको थियो । तर कांग्रेसभित्रको गुटको किचलोले उसको भागमा परेको परराष्ट्र मन्त्रालय नेतृत्वविहिन हुदाँ भ्रमणको मितिबारे अन्योल भएको हो ।

सोही भारत भ्रमणको तारतम्य मिलाउन हतारिएर अन्य पाँच मन्त्रालय आफूसँगै राखेर भएपनि प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री नियुक्त गर्न तदारुकता देखाएका हुन् । यो वीचमा भ्रमणको मिति बारे प्रचण्डले तयारी बढाएपनि भारतीय पक्षले उर्जा मन्त्रीको भारत भ्रमणमा द्विपक्षीय भेटवार्ता र प्रधानमन्त्री भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत सम्बाद गर्न सुझाएकाले प्रधानमन्त्री प्रचण्ड दवावमा परेका थिए । यसको अर्थ भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्डको हतारोले परराष्ट्रमन्त्रीमा कांग्रेस सभापती शेरबहादुर देउवाका विश्वास पात्र साँउदले फड्को मारेका हुन । आज पद तथा गोपनियताको सपथ लिएका नवनियुक्त परराष्ट्र मन्त्री साउदले पदभार ग्रहण गरेका छन् । जहाँ उनले प्रधानमन्त्रीको भारत भ्रमणका लागि नियुक्त भएको कुरालाई समेत घुमाउरो पारामा स्वीकार गरेका छन ।

हुन पनि नयाँ दिल्लीसँगको निक्कै उतारचढावपूर्ण सम्बन्ध रहेका प्रधामन्त्री प्रचण्ड पहिलो चोटि प्रधानमन्त्री हुदा चालेको कदम बाटै चेतिएका छन । पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेपछि “क्रमभङ्ग भएको“ भन्दै उनले बेइजिङलाई आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य बनाएपछि त्यो परम्परागत शैलीकै विरुद्धमा हेरिएको थियो ।

अर्कातर्फ यो वीचमा नेकपा बनेसंगै चिनिया कम्युनिष्ट पार्टीसंग बढेको हिमचिले भारतको नजर राम्रो नभएको बुझाईमा प्रचण्ड छन । यहि कारण चीनको बोआओ सम्मेलनमा सहभागी नभएर पहिलो विदेश भ्रमण भारतबाटै गर्ने तयारीमा रहेका उनी देशको भूराजनीतिक बाध्यताले पनि भारतप्रति लचककता नबढाए सरकारलाई सहज नहुनेमा पक्का छन । तर परराष्ट्र मामिलाका जानकार चिरण शमशेर थापा भने चिनले हेर्न परम्परागत दृष्टिकोण परिवर्तन गनुपर्ने बताउछन ।

दुई छिमेकि विच जति धेरै भ्रमण आदान प्रदान भए उतिनै राम्रो हुने बताउने उनी यसमा नेपालको आन्तरिक राजनीतिले समेत प्रभाव पार्ने गरेको टिप्पणी गर्छन ।

हुन पनि गठबन्धनको धरातलमा प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो आयुमा विदेश शक्तीको आर्शिवाद बारे वेखवर छैनन् । जहाँ भारतमै आश्रयमा १० वर्षको द्वन्द्वको अधिकांश समय विताएका उनी दिल्लीकै सहजीकरण भएको १२ बुँदे समझदारीको मार्गचित्रबाट शान्ति प्रक्रिया र राजनीतिक मूलधारमा आएका हुन् । अर्कातर्फ पहिलो चिन भ्रमणको विषय र तत्कालिन प्रधानसेनापति रुक्माङग कटुवाल प्रकरणले चिसिएको सम्बन्धकै कारण दोस्रो पटक प्रधानमन्त्री बन्न सात वर्षे पर्खाई भोगेका उनी त्यतिवेला पनि कांग्रेसकै साथमा नेतृत्वमा पुगेका थिए । दुई महिनामै फेरिएको राजनीतिक समिरकण त्यसमा पनि आफूलाई प्रधानमन्त्री बन्न नदिएकै कांग्रेस र उनै देउवा निकट परराष्ट्र बन्नुको संयोग बुझन् धेरै गाह्रो पदैन ।