Breaking

आफैंमाथि गोली प्रहार गरी आत्महत्या


काठमाडौँ – दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको हो । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।

घटनाबारे अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।