Breaking

राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने तयारी


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने स्रोतको भनाइ छ । राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुनेछ । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।