Breaking

आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदले लिए शपथ



काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।

साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।