Breaking

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा


काठमाडौँ – काठमाडौँमा ५ वैशाखदेखि सुरू हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पछिल्लो पटक घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पीक स्थान बनाएका श्याम९मौसम० ढकालको स्थानमा किशोर महतो आएका छन् । देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्राम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् ।