Breaking

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन


काठमाडौँ – शताब्दी पुरुष स्व। सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । जोशीको आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षको उमेरमा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि किष्ट अस्पतालमा भर्ना भएकी उनको उपचारको क्रममा बिहान निधन भएको अस्पतालकी पब्लिक रिलेसन अफिसर विपना घिमिरेले नेपालप्रेसलाई बताइन् ।

यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।