Breaking

माओवादीलाई शक्तिशाली बनाउने प्रचण्डको रणनीति, नेताले पार्टी विगारे, के विप्लव माओवादीमा फर्किछन् ?


काठमाडौँ — गर या मरको अवस्थाकै कारण प्रधानमन्त्री बन्न सत्ता समिकरणका लागि समेत पछि नपरेका पुष्पकमल दाहाल प्रचण्ड पार्टी पुनर्जागरणमा छन । फलत ः चौतर्फी घेराबन्दीका विच पनि उनी क्षती न्युनिकरणका लागि विभिन्न उपाय अपनाईरहेका छन । जहाँ नेतृत्व हस्तान्तरण र पार्टीको भविष्यमाथि उठेको संकट निवारण तत्काल खोज्न पार्टीभित्रकै दवाव पनि कम चर्को छैन । पार्टीमा निरन्तर भएको क्षयीकरण र नेताहरुमा देखिएको विचनलाई ध्यानमा राख्दै कसैगरी सत्तामा पुग्नुपर्ने सोचमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएरै छाडे ।

त्यसका लागि सत्तोसराप गरेकै दल एमालेसंग हात मिलाएका उनले जनयुद्ध दिवसमा विदा नै दिए । लगत्तै समिकरण फेरेर कांग्रेससंग गएपछि शहीदको सुचि निकालेका उनले अयोग्य लडाकुलाई पैसा बाढ्ने प्रक्रियालाई अघि बढाए । जसका लागि कार्याविधि निर्माणको काम अन्तिम चरणमा पुग्दा अहिले कार्यकर्ता भेट्ने काममा प्रचण्ड व्यस्त छन । हिजो आफूले युद्धमा होमेकाहरुलाई प्रयोग गरेर अन्य दलले आफैमाथि प्रहार गर्न थालेपछि अव स्थायी समाधानमा लागि उनी यहि कार्याकालमै द्धन्द्धकालिन मुद्धाहरुलाई पनि तार्किक निष्कर्षमा पुर्याउन लागि परेका छन ।

त्यसका लागि प्रतिपक्षीसंगै वार्ता गर्ने तथा मध्यमार्गी बाटोमा अघि बढाउने बाटोमा अघि बढेका उनले कार्यकर्तालाई पार्टी मुख्यालय पेरिस डाँडामा भेट्ने कार्यक्रम मिलाएका छन । आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ। अव प्रचण्डले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने छन । कार्यक्रममा पार्टीभित्र देखिएको क्षयीकरणप्रति निकै निराशाजनक सुनिएका उनले अव छिट्टै पार्टीको केन्द्रीय समिति वैठक बसेर पार्टीको पुननिर्माणका लागि सम्मेलन तर्फ लैजाने बताएका छन ।

राजनीति र संगठन दुवैमा नयाँ जोश र चुस्तता ल्याउन यो कदम चालिन लागेको बताएका उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता भइसकेको समेत बताएका छन । हुन पनि पार्टीभित्रै पनि उनले लिएको बाटो र निति प्रति प्रश्न गर्ने बढेका छन । उपमहासचिव जनार्दन शर्माले पार्टीमा पुनर्जागरण आवश्यक भईसकेको बताँउदा आफ्ना मुद्धा स्थापित हुने तर पार्टी संकटमा पर्ने कसरी हुन्छ भन्ने प्रश्न गर्दै आएका छन । शर्माले आफू यो कार्यकालमा मन्त्री नहुने र पार्टी निर्माणमा लाग्ने कुरा चुनावताका नै बोलिसकेका छन भने जहाँ यसअघिबाटै पार्टीको चुनाव चिन्ह देखि नाम फेर्नेसम्मका विकल्पसहित रिव्रावान्डिङका कुरा पनि बारम्बार उठ्दै आएका छन ।

पुर्वमाओवादीघटकलाई पनि समेटेर अघि बढ्नुपर्ने बहस पनि पार्टीमा वहस चल्दा माओवादीमागि भईरहेको प्रहार र द्धन्द्धकालिन मुद्धाजस्ता विषयमा उनीहरु एक ठाँउमा उभिउदै आएका पनि छन । यहि परिस्थितीमा प्रवक्ता कृष्णबहादुर महराले नेत्रविक्रम चन्दलाई माओवादीमा ल्याएर दाहालपछिको नेतृत्वमा पुरयाउने कसरत गरेको चर्चा समेत छ ।तर, नेताहरू वर्षमान पुन र जनार्दन शर्मा भने चन्दलाई माओवादीमा आउन नदिने रणनीतिमा छन्। यहिवीचमा प्रचण्डले अझै केहि बर्ष नेतृत्व नछाड्ने विश्लेषण पनि रहदाँ अवको नेताका रुपमा आफूलाई प्रस्तुत गर्ने रणनितिमा उनीहरु रहदाँ नारायणकाजी पनि सोहि बाटोमा छन ।

प्रचण्डको पछिल्लो सक्रियता हेर्दा उनी निर्णायक काम गर्दै पार्टीमा उत्साह लगाउने बाटो रहेकोमा दुई मत छैन । फलत ः एमाले रोजेपछि रुष्ट बन्दैै ‘गद्दार’नै घोषित गरेका लेखराज भट्टलाईसमेत उनले भेटेका छन ।तर नेतृत्व हस्तान्तरणको समेत कुरा उठेपछि आफ्नो शक्ती आर्जनको कुरा पनि उनको लागि अर्को चुनौती बनेको छ । जसले पार्टी सुदृढिकरणसंगै ठुलो वाम घटकको नेतृत्व गर्ने दाहालको प्रचण्ड आकांक्षा संगैसंगै जोडिएका हुन ।