देश

मञ्जुश्री यातायातको सेवा नेपालमा पनि


काठमाडौँ — स्वयम्भु मञ्जुश्री यातायात प्रालिले नेपालभित्र पनि बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि नेपाल–भारत मैत्री बस सेवामार्फत नेपाल र भारतका विभिन्न प्रान्तमा सेवा दिइरहेको कम्पनीले नयाँ वर्षको अवसर पारेर नेपालका विभिन्न गन्तव्यका लागि बस सेवा सुरु गरेको हो ।

अब कम्पनीका बसहरु काठमाडौ–बर्दिवास र जनकपुर–जटही रुटमा पनि चल्ने भएका छन् । साथै नयाँ वर्षको अवसरमा यात्रुहरुको सहजताका लागि काठमाडौंको गौशालामा पनि टिकट काउन्टर स्थापना गरिएको छ । यसअघि स्वयम्भु र बौद्ध शाखाबाट मात्रै यात्रुहरुले टिकट काट्न पाउँथे । अब भने गौशालाशाखाबाट पनि नेपालभित्र र भारतका विभिन्न प्रान्त जानका लागि टिकट काट्न पाइने भएको हो ।

कम्पनीले हाल काठमाडौंदेखि भारतको दिल्ली,पटनाबोधगया,बनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बस सेवा सञ्चालन गरिरहेको छ । निकट भविष्यमा काठमाडौंदेखि कौशम्भ्य र काठमाडौंदेखि गोरखपुरका लागि पनि बस सेवा विस्तार गर्ने योजना रहेको कम्पनीका अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिनुभयो । बस सेवामार्फत हाल नेपाल–भारत आवतजावत गर्ने दैनिक दुई सय सर्वसाधरणले सेवा लिने गरेको कम्पनीको भनाइ छ ।