काठमाडौँ – पशुपतिनाथको मन्दिरमा नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीले पूजा आजा गरिरहेका छन् ।
शुक्रबार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । पशुपतिनाथको दर्शनका लागि शुक्रबार दर्शनार्थीका लागि विशेष पूजाको व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको जनाएको छ । पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाएको कोषले जनाएको छ ।
प्रतिक्रिया