काठमाडौँ — नेपाल सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरका मेयर बालेन शाहका कदमले जनमानसमा राम्रो सन्देश नगएको बताएकी छन् । बिहीबार मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सिंहदरबारलगायत ठाउँको फोहोर उठाउन नदिने मेयर बालेनको कदम उनको पदीय दायित्वविपरीत भएको बताएकी हुन् ।
कानुनले फोहोर मैला व्यवस्थापन स्थानीय सरकारको अधिकारमा राखेकाले मेयर बालेनले कि कानुनी व्यवस्था परिवर्तन गर्न सक्नुपर्ने नभए विद्यमान कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने मन्त्री शर्माले बताइन् । फोहोर मैला व्यवस्थापन अर्को कुनै कुरा भएन भनेर हड्ताल गर्ने विषय होइन मन्त्री शर्माले भनिन्,‘स्थानीय र संघीय सरकारबीच समन्वय हुनुपर्छ तर फोहोर उठाउँदिनँ भन्ने कदमले राम्रो सन्देश गएको छैन ।
मेयर बालेनलाई छलफलमा बोलाउँदा पनि नआएको शहरी विकास मन्त्री सीता गुरूङले क्याबिनेटमा ब्रिफिङ गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया