Breaking

कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् : बालेन साह


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् ।

काठमाडौँको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौँवासीलाई आपत्ति नहुने बताएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौँवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

उनले काठमाडौँवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।