Breaking

युवासंघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत


काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् ।

ताप्लेजुङको सिनामका उनलाई एमाले नेतृत्वकोसमेत पहलमा सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । यसअघि अध्यक्ष पदका लागि थेबे र सन्तोष रावलबीच प्रतिष्पर्धा हुने तयारी थियो । दुवैले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

तर नेपालगञ्जमा जारी महाधिवेशनको अन्तिम समयमा थेबे नेतृत्वमा नयाँ कमिटिलाई सर्वसम्मत घोषणा गरिएको हो । संघको महासचिवमा सुमन पुरी चयन भएका छन् । उता उपाध्यक्षहरुमा पुष्प श्रेष्ठ, अमित लामा, महाराज गुरुङ, कृष्णहरि केसी, रमेश तिवारी, प्रकाश गौतम र सीता सुवेदी चयन भएका छन् ।

त्यसैगरी संघको उपमहासचिवमा राजन थापा र महेन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले यसबारे केहीबेरमा औपचारिक घोषणा गर्दैछ ।