काठमाडौँ — गएको ९वर्षदेखि सगरमाथा आरोहण कार्य हरेक वर्ष प्रभावित बनिरहेको छ । कहिले हिमपहिरो त कहिले भुकम्प । हरेक वर्ष एक न एक दुर्घटनाले हिमाल आरोहणलाई प्रभावित बनाइरहेको छ । बुधबार पुन हिम पहिरोमा परि ३ जना आरोहण दलका शेर्पाहरुको निधन भएपछि आरोहण कार्य प्रभावित हुने चिन्ता पैदा भएको छ । सुख्खायाम सगरमाथा आरोहणका लागि उर्वर मौसम हो । अर्थात चैत्र देखि जेष्ठ महिनाको आधा समयसम्म सगरमाथा लगायत हिमाल आरोहणका लागि विश्वभरबाट आरोहीहरुको लर्काे लाग्ने गर्दछ ।
यस वर्ष पनि सगरमाथा, लेत्से र न्हुप्त्से हिमाल आरोहणका लागि ५५९ जनाले अनुमति लिइसकेका छन् । तर यस वर्ष पनि हिमाल आरोहण सुरु नुहँदै सगरमाथा क्षेत्रमा गएको हिम पहिरोका कारण आरोहण प्रभावित हुने चिन्ता पैदा भएको छ । शुक्रबार सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना आरोही शेर्पाको मृत्यु भएपछि सगरमाथा आधारशिविर क्षेत्रमा सन्नाटा छाएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा आधारशिविरबाट क्याम्प–१ तर्फ जाँदै गर्दा हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको छ ।
सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो ।
हेलीकोप्टर मार्फत मृतकको शव निकाल्न दिनभरी नै प्रयास गरिए पनि त्यो सम्भव नभएको एसपीसिसिले जनाएको छ । खुम्बु आइसफल क्षेत्र सगरमाथा सहित लेत्से र न्हुप्त्से हिमाल आरोहणको एउटै मार्ग हो । अहिले हिमाल आरोहणका लागि धमाधम माथिल्लो क्याम्पहरुमा आवश्यक सामग्री लैजाने काम एक्स्पीडिशन कम्पनीहरुले गरिरहेका छन् । यही समयमा हिम पहिरो गएपछि यस वर्षको हिमाल आरोहणलाई प्रभावित बनाउने देखिएको हो । यो पट मात्रै होइन सगरमाथा हिमाल आरोहण कार्य विगत ९ वर्षदेखि प्रभावित हुँदै आएको छ ।
वि.स. २०७१ साल बैशाख ५ गते खुम्बु आइसफलमै गएको हिम पहिरोमा परि १४ जनाको मृत्यु भयो भने अरु चार जनाको शव अझै वेपत्ता छ । हिमाल आरोहणको सुरुमै दुर्घटना भएकाले त्यो वर्ष कालो वर्ष भन्दै हिमाल आरोहण कार्य नै रोकियो । २०७२ साल बैशाख १२ गते भूकम्प गएपछि हिमाल आरोहण दलका सदस्यहरु क्याम्प टू मा मात्रै पुग्न पाए । २०७३ साल मा भारतीय नाकावन्दी को असर स्वरुप हिमाल आरोहण प्रत्यक्ष प्रभावित भयो । २०७४ र ७५ र ७६ सालमा हिमाल आरोहण सहज भए पनि २०७७सालमा कोरोना महामारी र लकडाउनको प्रभावलेहिमाल आरोहण ठप्प भयो ।
जसले पर्यटन क्षेत्र र हिमाल आरोण क्षेत्रमा का मगर्दै आएका व्यवसायीहरुलाई चिन्तीत तुल्याएको छ । २०७८ सालमा आंशिक हिमाल आरोण सफल भएपनि २०७९ सालमा समेत हिमाल आरोहणको तयारी भइरहेका बेला पहिलो गाँसमै ढुंगा लागेको छ । र तीन जना आरोहण सहयोगी शेर्पाहरुले ज्यान गुमाउनु परेको छ । अहिलेसम्म सगरमाथा हिमाल आरोहणका शिलशिलामा ४ सय भन्दा बढिने ज्यान गुमाइसकेका छन् ।
विभागका अधिकृत विज्ञान कोइरालाका अनुसार बिहान ९ः३० बजे भएको यो घटनामा उनीहरुको खोजीका लागि तीनपटक सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको थियो । यसपटक विभागले सगरमाथा आरोहणका लागि सोमबारसम्म २४ वटा आरोहण दललाई अनुमति दिइसकेको छ । यसमा ४१ महिलासहित २ सय ४३ जना सदस्य छन् । सोमबारसम्म विभागले २१ वटा हिमालका लागि ६६ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ । जसमा ५ सय ५९ जना छन् ।
प्रतिक्रिया