काठमाडौँ — म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी कम्तिमा १ सय जनाको मृत्यु भएको छ । सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो । म्यान्मारमा अहिले सेनाले शासन गर्दै आएको छ । नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध प्रदर्शन हुँदैआएको छ । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले वहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । सू ची सहित अरु थुप्रै नेताहरु सेनाको नियन्त्रणमा छ ।
उनिहरुको रिहा गर्ने कुनै संकेत देखाएको छैन । त्यहाँको सेनाले पक्राउ परेका नेताहरुलाई थप मुद्दा लगाउँदै नियन्त्रण अवधि लम्ब्याइरहेको छ । पछिल्लो समय म्यानमारका सैनिकले अहिलेसम्मकै सबैभन्दा घातक हमला गरेको छ । एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ । सागेइङ क्षेत्रको आकाशमाथि परिक्रमा गरेको जेट विमानले बम हमला गर्दा यस्तो घटना भएको हो । म्यानमारको सैन्य शासनको विरोध गर्नेहरुको बाहुल्य रहेको सागिङ क्षेत्रलाई लक्षित सेनाले आक्रमण गर्दा सोही क्षेत्रका बासीन्दाबीच भागदौड समेत मच्चिएको थियो ।
सोही क्षेत्रका स्थानीयले सेनाको बिरोधमा आवाज उठाउने गरेको र आफ्नै स्वइच्छाले मिलिसिया खडा गरी विद्यालय र क्लिनिक सञ्चालन गर्दै आएपछि सेनाको निशानामा यो क्षेत्र परेको हो । सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन् । त्यहाँको समय हनुसार बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो । त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको थियो ।
म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि समय समयमा विपक्षी विरुद्ध हवाई र स्थलगत रुपमा आक्रमण गर्ने गरेका छन् । सन् २०२१ को फेब्रुअरी र जनवरी २०२३ को बीचमा सेनाले कम्तीमा ६०० हवाई आक्रमण गरेको छ । म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन ।
प्रतिक्रिया