Breaking

विनोध चौधरीको रजाइँविरुद्ध संसदमा तोसिमा कड्किइन्, स्मार्ट टेलिकमविरुद्ध एमाले सदनमा


काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले समसामयिक समस्याहरुकाबारेमा सदन र सरकारको ध्यानाकर्षण गराएकाछन् । उनीहरुले जनजिविकाका सवाललाई सम्बोधनगर्न सरकारसंग माग गरेका हुन् । बुधबार बसेको प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले समसामयिक समस्याहरुकाबारेमा सदन र सरकारको ध्यानाकर्षण गराएकाछन् ।नेकपा (एमाले)ले सरकारले अरबौंको बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकमप्रालिको नविकरणगर्न लागेको आरोप लगाउदै आपत्तिजनाएको छ ।

एमाले प्रमुख सचेतकपदम गिरीले नविरकणगर्दाखेरी लाग्ने करिव २३ अर्व रुपैँया समेत नलिई सो प्रालिको नविकरणगर्नका लागि १÷२ दिनभित्रै मन्त्रीपरिषदले निर्णय गर्न लागेको आशंकागर्दै आपत्तिजनाएकाहुन् । उनले सो काममाठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकीर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्रमुख सचेतकगिरीकाअनुसार सो प्रालिले सरकारलाई विभिन्नशिर्षक अन्तरगतकरिव ५ अर्व दस्तुर तिर्न बाँकि छ । र, नविकरणशुल्क २३ अर्व गरेर उसले २८ अर्व सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर त्यो दुवै रकममिनाहा गरी सो प्रालिलाई नविकरण गराउनकालागिमन्त्रीपरिषद्ले निर्णय गर्ने कुरा सञ्चार माध्याममाआएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनु परेको पनिप्रमुख सचेतकगिरीको भनाई छ ।

यस्तै राष्ट्रिय स्वतन्त्रपार्टीकी सांसद डा. तोसिमाकार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकताखोजीगर्न सरकारसँग मागगरिन् । उनलेललितपुरको बखुन्डोलमानिर्माणाधिन समिटअपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ताबन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकताखोजीगर्नुपर्ने बताएकीहुन् ।

यस्तै राष्ट्रियप्रजातन्त्रपार्टीका प्रमुख सचेतकज्ञानबहादुर शाहीले वास्तविकमिटरब्याजी सरकार आफैं भएको आरोप लगाएकाछन् । प्रमुख सचेतकशाहीले जुम्लालगायतकामाथिल्लो कर्णालीकानिर्माणव्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याजखाईरहेको उल्लेख गर्दै तत्कालत्यसको निकासागर्न पनिमागगरेका हुन् ।शाहीले बैकमा पैसा राखेर विकास, निर्माणको कामठप्पपार्ने कामनगर्न पनि सरकारलाई पटकपटक सचेत गराए ।

यस्तै जनता समाजवादीपार्टी, नेपालका सांसद प्रदिपयादवले जीर्ण अवस्थामा रहेको वीरगंज कारागारको जीर्णोदारको कामतत्काल सुरु गर्न सरकारसँग मागगरेका छन्। उनलेशौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथहुने सुरक्षापोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगतअवलोकन गरी सरकारले तत्कालजीर्णाेदार गर्नुपर्ने स्पष्टपारे । वीरगंज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोदार तत्कालनगरे गम्भिर दुर्घटनामाहुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराएकाहुन् ।