Breaking

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ । अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।

उनी एसिड आक्रमण पीडित समेत हुन् । श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो ।