Breaking

घेराबन्दीमा पर्दैछन् प्रचण्ड,गठबन्धन मिलाउनै सकस,पार्टी भित्रै पनि उठ्दै प्रश्न,चौतर्फी घेराबन्दी


काठमाडौँ — अंकगणितिय दृष्टिले सहज अवस्थामा सरकार चलाईरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यर्थाथमा भने नेता व्यवस्थापनकै उल्झन्मा छन् । आर्थिक संकट तथा मौलाएको वेथितिका कारण सडक देखि सदनसम्म सरकारको खोजी हुँदा समेत नदेखिएका उनी यो समय केवल राजनीतिक हिसाव मिलानमै विताईरहका छन । राष्ट्रपतिमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गरेसंगै ठुलो सास फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिना केपी ओलीसंग बढो अफ्ठेरोसंग समय गुजारेका थिए ।

लगत्तै चैत ६ गते नयाँ दश दलिय गठबन्धनबाट १७१ सासदबाट विश्वासको मत पाएका उनी अझ उत्साहित बने । यसलाई एजेण्डा मिल्नेहरुको धुव्रीकरणका रुपमा समेत अथ्र्र्याएका उनले गठबन्धन पाँच बर्ष जाने बताएका थिए भने सरकार रफ्तारमा अघि बढ्ने दावी समेत गरे । हुन त ओलीसंग मिलेर सरकार बनाँउदा पनि उनले नयाँ र हुटहुटि भएका अनुहारलाई लिएर देशको कायापलट नै गर्ने बताएका थिए । प्रचण्ड विश्वासको मत पाएका उनले ३१ वुँदे त निर्देशन नै जारी गरे । तर सरकार विस्तारमै महिना दिन विताएका उनले गठबन्धन २ महिनामात्रै टिकाए भने कांग्रेसलाई सरकारमा प्रवेश गराए ।

लगत्तै पुन राजनीतिक माथापच्चीमै रमाएका उनलाई सर्वोच्चमा परेको द्धन्द्धकालिन मुद्धा सम्बन्धी रिटले अर्को तनाव थपिदियो । उक्त मुद्धालाई समेत राजनीतिक अश्त्रकै रुपमा हेरिदा प्रचण्ड फेरि सरकार विस्तार गर्न समेत सकेनन् । भाका सारेको सार्यै गरेर वल्लतल्ल केहि थान मन्त्री भित्र्याएका उनले मन्त्रीपरिषदलाई अझै पुर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डका गतिविधिलाई लिएर पार्टी भित्रै प्रश्न उठ्न थालिसकेको छ ।

यो वीच आफू र जनमत मात्रै सरकारमा हुदाँ शहिदको लिष्ट निकाल्ने तथा द्धन्द्धकालका घाईतेलाई पैसा बाढेका उनी दश दलिय गठबन्धन मिलाउ नै सकस व्यहोरिरहेका छन भने उपनिर्वाचनमा पनि माओवादी मतदातामै सिमित बनेको छ । त्यस्तै चरम प्रतिस्पर्धामा रहेको उपेन्द्र यादव र सिके राउतलाई संगै लिएर हिड्नुपर्ने तथा स्थायी सरकार दिनुपर्ने बाध्यतामा रहेका उनी फेरि प्रधानमन्त्री हुनसक्ने देउवाको जोखिममा पनि छ । अर्कातर्फ प्याकेजमै सहमती गरिने भनेको प्रदेश समेत समेत यहि रस्साकस्सीको मारमा परिरहेको छ । कोशीमा एमालेलाई नै माओवादीले वोक्ने लक्षण देखाँउदा मधेश तथा कर्णाली प्रदेशबाट एमाले बाहिरिदा कांग्रेसले आफ्नो दावी बढाउने पक्का छ ।

अहिले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुस्त टिम बनाउन सुझावको ओईरो छ । तर उनी विवादीत र पुरानै अनुहारलाई सहयात्रीकै भरमा काम देखाउने यर्थाथमा छन । यहि प्रतिकुल परिस्थितीकै कारण प्रचण्डले टिआरसी जस्ता विषयमा एमालेसंग समेत छलफल बढाँउदा लेखराज भट्टसंग पनि अनपेक्षित भेट गरेका छन । जहाँ एमाले पनि खरो प्रतिपक्षीका रुपमा सरकारमाथि प्रहार गरिरहेको छ ।

यहिवीचमा स्थानीय तह नै केन्द्रमा भिड्ने अवस्थाको समेत प्रचण्डले सामना गरिरहेका छन । सिंहदवारकै फोहोर नउठाएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिधै धावा वोल्दा १ सय दिन के काम गर्यो भन्ने उत्तर दिनसक्ने अवस्थामै सरकार छैन । अर्थतन्त्रमा देखिएको संकटपूर्ण अवस्थाको विषय त उछालिने नै भयो । यसको अर्थ एक त आफ्नो मोर्चा अर्थात गठबन्धननै टालाटुली,अस्थिर अंकगणितको संसद अनि देश पनि प्रतिकुल अवस्था रहेको रआफ्नै नेताहरुको समेत चौतर्फी प्रहारमा प्रचण्ड परेका छन् ।