Breaking

सत्तामा आँउदै एमाले ! टीआरसीमा एक ठाँउमा उभिदै तीन दल,नरम भएका हुन ओली ?


काठमाडौँ — कांग्रेसले सत्तामा छलाङ मारेपछि प्रतिपक्षीमा बसेको एमाले फेरि सत्ता पुनरागमनको सम्भावना देख्न थालेको छ । जसले यो सम्भावना माओवादीले भन्दै आएको राष्ट्रिय सहमतीको सरकारकै रुपमा देखिने त हैन भन्ने चर्चा सुरु भएको हो । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजमात्रै फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । गठबन्धनका शिर्ष नेतृत्वविच भएको सहमती अनुसार यो दावी अनुचित नभएपनि अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताउनु आफैमा अर्थपूर्ण छ ।

जहाँ केहि गरि यो सरकार तलमाथि परे ठुलो दलका आधारमा देउवाकै नेतृत्वको जिम्मेवारी आउने सुविधा छ । यता सरकारको कामप्रति सदन र सडकमा महामन्त्री गगन थापाले प्रश्न गदैै आएका छन । सदनमैआफूहरुलाई ग्यारेन्टीका रुपमा नहेर्न चेतावनी दिदै सरकारले गर्ने कामका आधारमा सत्तामै वागी हुने संकेत समेत उनले गरिसकेका छन । यता सत्ता गठबन्धनमा रहेको दलहरुमै पनि पाँच –पाँच दल बाडिएको अवस्था प्रष्ट छ ।

साझा उम्मेद्वारका साथ अघि बढ्नुपर्ने उनीहरु वीचमै पुरातन र नयाँ शक्तीविचको भिडन्तको अवस्था देखिदा एमालेसंक्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमत भएको छ । सभामुख देवराज घिमिरेको पहलमा दोश्रो पटक प्रधानमन्त्री पुष्पकमद दाहाल,एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापती देउवा एक ठाँउमा भेला भएका हुन । पुन छलफल गर्ने गरि छुटेका उनीहरुलाई जोड्ने मियो एमालेबाट सभामुख बनेका घिमिरे बन्नु र ओली पनि नरम भएको यो दृश्यले राष्ट्रिय सहमतीकै झझल्को दिएको छ ।

उपनिर्वाचन हेर्दा समेत नयाँसग जुंगाको लडाईमा रहेको पुराना दल एक ठाँउमा उभिनुपर्ने महसुस गर्न थालेका छन । जुन समयको आवश्यकताका रुपमा हेर्दा एमाले कतै सत्तामा आफ्नो ठाँउ त खोजिरहेको छैन भन्ने आशंका जन्माएको छ । रणनितिक रुपमा हेर्दा पनि यसो भएअहिले हुंकार गरिरहेको कांग्रेस सन्तुलन गर्ने अश्त्रको रुपमा प्रयोग गर्न सक्ने फाईदामा माओवादी छ । जहाँ एमाले यहि अवसरमा ढोक्सा थाप्ने काईदामा रहदाँ यसैमा खेलेर गठबन्धनमा दरार ल्याउनसक्ने अर्को सम्भावना पनि छ । यता कांग्रेस कसै गरि आफै नेतृत्वमा सरकार बन्ने दिन नै गनेर बसेको कसैबाट छुपेको छैन ।

यद्यपी एमाले नेता आनन्द पोखरेल भने सत्ता राजनीतिमा प्रतिपक्षी नहेरेपनि हुने अवस्थाकै कारण एमाले बाहिर परेको देखिएपनि संसदमा प्रतिपक्षीलाई वेवास्ता गर्न नसकिने हुदाँ यो अवस्था सिर्जना भएको बताउछन । जहाँ एमाले कुनै समिकरणको परिवर्तनको खेलमा नरहेको उनको प्रष्टोक्ति छ । यसरी हेर्दा अलमलमा अघि बढेको नेपाली राजनीतिको एउटा प्रष्ट चित्र देख्न उपनिर्वाचनको नतिजासम्म कुनुपर्ने देखिएको हो । अर्कातर्फ एमाले पाँचैबर्ष प्रतिपक्षी बस्न कति तयार छ भन्ने विषयले समेत यसको निर्धारण गर्दा माओवादी र एकीकृत समाजवादीमा कम्युनिष्ट एकतालाई लिएर हुन थालेको वहसल पनि अर्को कारक बन्ने देखिन्छ ।